धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद
बैशाख ६, २०८१ बिहिबार
डोटी - बिहीबार रातिदेखि मौसममा परिवर्तन आएसँगै डोटीको पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।
गएको माघ २० गते परेको हिउँ पग्लन नपाउँदै हिमपात भएपछि यहाँको जनजीवन प्रभावित भएको हाे । डोटीलगायत सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम जिल्लाको उच्च हिमाली भेगमा हिमपात भैरहेको छ ।
डोटीकोे खप्तड क्षेत्रको झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भइ चिसो बढेकाले गाइवस्तु चराउन समस्या भएको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएको छ, निकै समस्या हुँदै आएको छ ।’ हिमपातसँगै चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ ।
यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका ठाउँहरुमा लागातार पानी परिरहेको छ ।