निजीका आवासीय डाक्टरलाई निर्णय भएको मितिदेखि नै सरकारी सरह ...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डौ - पुनर्निर्माणकाे काम सकिएर पनि हस्तान्तरण हुन नसक्दा दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय)का विद्यार्थी अझै प्रदर्शनीमार्गकाे अस्थायी भवनमा पढिरहेका छन् । प्रदर्शनीमार्गको वाल्मिकी क्याम्पसको खाली ठाउँमा निर्मित अस्थायी भवनमा भानु माविका मात्र होइन संस्कृत माविका विद्यार्थी पनि पढ्छन् ।
ऐतिहासिक दरबार हाइस्कुल विद्यार्थी सङ्ख्या घट्दो छ तर कक्षाकोठाको अभावमा कुल १५० विद्यार्थीलाई पनि भानु माविले बिहानी र दिवा सत्रमा गरी पढाइरहेको छ ।
ती विद्यार्थीका लागि १८ शिक्षक खटिएका छन् । शिक्षक, विद्यार्थी र अभिभावकको ध्यान अहिले छिमेकी चीनतिर खिचिएको छ । भवन निर्माणका लागि सहयोग गरिरहेको चीन सरकारले निर्माण सम्पन्नको प्रमाणपत्र र हस्तान्तरणको साइत कहिले जुराउँला भन्नेमा उनीहरुको चासो हुनु स्वभाविक हो ।
चीनको वुहान प्राप्तमा कोरोना भाइरसको सन्त्रास नआएको भए यतिबेला सम्भवतः दरबार हाइस्कुलको नयाँ भवनमा विद्यार्थी पसिसकेका हुने थिए । चीनको साङ्घाइ कन्स्ट्रक्सनले गत मङ्सिरमै विद्यालयको भवन निर्माण सम्पन्न गरिसक्ने जनाएको थियो ।
कोरोना भाइरसको प्रभावले अन्तिम अनुगमनका लागि चीनबाट आउने टोली र केही सामान रोकिएको विद्यालयका प्रधानअध्यापक अखिलेष आजादले बताउनुभयो ।
उहाँले भन्नुभयो, 'मिति सारेर यही फागुनभित्र हामी सर्ने भनेका थियौँ, अब त्यो पनि टर्ने भयो ।' नवनिर्मित भवनमा हस्तान्तरण नभएसम्म शिक्षक, विद्यार्थी वा अन्य पक्षलाई निर्माण पक्षले भित्र प्रवेश नदिने भएकाले प्रधानाध्यापक आजादलाई आफ्नो विद्यालय भवन कस्तो बन्यो भन्ने एक प्रकारको खुल्दुली पनि छ।
यस विद्यालयमा विद्यार्थी भने थोरै छन् । यस्ता पुराना र सामुदायिक विद्यालयमा काठमाण्डौ बाहिरका जिल्लाबाट विभिन्न पेशा, व्यवसायका लागि यहाँ आई अस्थायी बसोबास गर्ने अभिभावकका छोराछारी पढ्छन् । विद्यालयले सरकारी नीतिको पालना गर्नै विद्यार्थीसँग कुनै शुल्क लिँदैन ।
गुणस्तरको छनक दिन र निजी विद्यालयका विद्यार्थी आकर्षित गर्न कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यम पनि चलाएको छ । शिक्षकले अतिरिक्त समय दिए पनि विद्यार्थी सङ्ख्या वृद्धि हुन सकेको छैन । विद्यार्थी सङ्ख्या वृद्धि नहुनुमा भवनको अभावलाई पनि मानिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।