पाकिस्तान चुनाव : पूर्व क्रिकेटर इमरान खानको पार्टी सबैभन्दा अगाडि

 साउन १०, २०७५ बिहीबार १२:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानमा भएको चुनावमा पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीले सबैभन्दा बढी मत पाएको छ । 

मतदानको १० घण्टा पछि  बिहान आएको नतिजा अनुसार  खानको पार्टीले सबैभन्दा बढी मत पाएको त्यहाँको सञ्चार माध्यमले जनाएका छन् । अहिले सम्मको नतिजा अनुसार दोस्रो स्थानमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग रहेको छ ।

शरीफले जारी मतगणनामा देखिएको परिणामलाई अस्वीकार गरेका छन् । पाकिस्तान मुस्लिम लिगले चुनावी मत परिणाममा षड्यन्त्र भएको आरोप  लगाएको छ । मत गणनामा अग्रता कायम गरेपछि पाकिस्तान तहरीक–ए–इन्साफका कार्यकर्ताले देशभर खुसीयाली मनाउन थालेका छन् । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया