नेप्से परिसूचक ४६ अङ्कले घट्याे

 फागुन २९, २०७६ बिहिबार १७:३९:२४ | रासस
unn.prixa.net

काठमाण्डौ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले घटेको छ । मङ्गलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से झण्डै ४६ अङ्कले घटेको छ । नेप्से ४५९१ अङ्कले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ९.१९ ले घटेर २९५.५० मा पुगेको छ ।

कूल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहकै शेयर ओरालो लागेको छ ।

बैंकिङ ४०.४२, व्यापार १२.०९, होटल ९२.६७, विकास बैंक ४६.६, जलविद्युत् ३२.९१, वित्त १५.३७, निर्जीवन बीमा ३१७, उत्पादन ७६.२५, अन्य १५.२२, लघुवित्त ८९.६३, जीवन बीमा २३७.३ र सामूहिक लगानी कोष ०.१९ ले घटेको छ । 

कारोबारका आधारमा बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ८२ लाख १५ हजार ६६८ बराबरको कारोबार भएको छ ।

यस्तै एनआइसी एशिया बैंक रु ११ करोड ६३ लाख ८५ हजार ६८३, एनएमबी बैंक रु नौ करोड ४१ लाख ६५ हजार २६१, शिवम् सिमेन्ट रु सात करोड ८२ लाख ४८ हजार १३९, हिमालयन डिस्टिलरी रु सात करोड सात लाख ६ हजार ६४६, नेपाल बैंक लिमिटेड रु पाँच करोड ८९ लाख ६९ हजार ४३१ र नबिल बैंक रु पाँच करोड २३ लाख ३० हजार ८६४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोबारका आधारमा आज श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी २.४८, एविएल डिवेञ्चर १.९८, दिव्यश्वरी हाइड्रोपावर १.९६, नबिल व्यालेन्स फण्ड १।९६ र महिला सहयात्रा माइक्रोफाइनान्सका शेयरधनीले १.७० प्रतिशतले कमाएका छन् । 

 त्यस्तै स्वाभिमान लघुवित्त १०, राधी विद्युत् कम्पनी ९.५२, हिमाल दोलाख हाइड्रोपावर ९.२७, बोटलर्स नेपाल तराई ८.४५, स्पर्श लघुवित्त ८.०५, आइएमई जनरल इन्स्योरेन्स ७.१९ र नेपाल फाइनान्सका शेयरधनीले ७.१४ प्रतिशतले गुमाए । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया