काभ्रेकाे पनाैतीमा अनिश्चितकालीन कर्फ्यु

 चैत ४, २०७६ मंगलबार ९:२५:३ | कपिल कोइराला
unn.prixa.net

काभ्रेपलाञ्चाेक – काभ्रेपलाञ्चाेककाे पनौतीमा अहिले बिहान ९ बजेदेखि अनिश्चितकालको लागि कर्फ्यु लगाइएको छ ।

सोमबार पनौती नगरपालिका ५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमाछोरीको ज्यान गएको विरोधमा राति प्रहरी र स्थानीयबिच झडप भएकाे थियाे । झडपमा प्रहरी र केही स्थानीय घाइते भएका थिए । स्थिति सामान्य नबनिसकेकाले प्रशासन कार्यालयले अहिले बिहान ९ बजेदेखि अनिश्चितकालकाे लागि कर्फ्यु लगाएकाे हो ।

बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उहाँकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएको थियो ।

त्यसको विरोधमा स्थानीयले प्रहरी बिटमा आगो लगाएपछि प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो । मङ्गलबार बिहानैदेखि भेला भएका स्थानीयबासीले टिप्पर चलाउन रोक लगाएका छन् ।  

सम्बन्धित समाचार

अन्तिम अपडेट: बैशाख १, २०८१

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • माधव

    March 17, 2020, 9:38 a.m.

    कर्फ्युमा केके गर्न निषेध गरिएकाे हाे साे पनि लेखिदिएकाे भए सूचित गरेकाे भन्न सकिन्थ्यो ।याे त तर्साउने समाचार मात्रै भयाे ।

  •  0 Reply

तपाईको प्रतिक्रिया