चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - विश्वव्यापी बनेको कोरोना सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको ‘लकडाउन’को आज पाँचौँ दिन पर्यटकहरु भने सडकमा टहलिरहेका छन्।
काठमाण्डौबासीले घरभित्रै बसेर सरकारले अपनाएको सतर्कतालाई साथ दिइरहे पनि पर्यटकीय क्षेत्र ठमेल र आसपासका स्थानमा भने विदेशी पर्यटक निस्फिक्री हिँडिरहेका छन् ।
‘विदेशबाट कोरोना भित्रिएकाले विदेशी पर्यटकलाई थप कडाइ गर्नुपर्ने हो’, ठमेलका जुजुकाजी महर्जनले भन्नुभयो, ‘तर विदेशी पर्यटक बेलगाम घोडाजस्ता टहलिँदै हिँडेका छन् ।’ पर्यटकहरू हुल बाँधेर बाहिर निस्किँदा असुरक्षित महसुस गरेको गुनासो उहाँले गर्नुभयो ।
चोकचोकमा 'लकडाउन'को निगरानी गर्न नेपाल प्रहरी तैनाथ छ । ठमेलको बाहिरी क्षेत्र पीपलबोट र सोह्रखुट्टेमा प्रहरीको उपस्थिति रहे पनि त्यसका भित्री भागमा शून्य छ । यही मौकाको फाइदा उठाउँदै पर्यटक डुलिरहेका छन् ।
महानगरीय प्रहरीवृत्त, लैनचौरका प्रहरी निरीक्षक भानु खड्का ठमेल क्षेत्रका पर्यटक निरगानीमै रहेको जिकिर गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘आवतजावत गर्नैपर्ने पर्यटकलाई सवारी साधनको व्यवस्था गरेर सम्बन्धित ठाउँमा पुर्याइरहेका छौँ । बिनाकामका पर्यटकलाई हिँड्डुल गर्न दिएका छैनौँ ।’
'लकडाउन' प्रभावकारी बनाउन वृत्तबाट १०६ प्रहरी परिचालन गरिएको जानकारी उहाँले दिनुभयो । विश्वव्यापी रुप लिइरहेको कोरोना भाइरस फैलिन नदिन सरकारले सीमा बन्द र 'लकडाउन' गरे पनि विदेशी पर्यटक घर फर्किन सकेका छैनन् ।
धेरै पर्यटक अन्नपूर्ण पदमार्गलगायत स्थानमा अलपत्र परेपछि सरकाले बिहीबार र शुक्रबार उद्धार गरेको थियो । आज पनि यो क्रम जारी रहने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।