डोटीमा तीन सय ११ जना क्वरेण्टीनमा

 चैत १६, २०७६ आइतबार १४:४५:८ | विमल बिष्ट
unn.prixa.net

डोटी– डोटीमा तीन सय ११ जनालाई क्वरेण्टीनमा राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभएको छ । 

यस्तै डोटीका नौ वटै स्थानीय सरकार कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सक्रिय भएका छन् । 

विभिन्न १२ ठाउँमा क्वरेण्टीन बनाएर भारत तथा अन्य देशबाट आएकाहरुलाई राखेर उनीहरुको नियमित स्वास्थ्य जाँच थालिएको छ । 

भारतबाट आएकाहरु डोटीका बजार क्षेत्रभन्दा गाउँमा धेरै भएकाले त्रास फैलिएको छ । भारतबाट आएकाहरु क्वरेण्टीनमा नबसेका कारण गाउँलेहरु डराएका जोरायल गाउँपालिका वडा नम्बर ५ का डम्बर विष्टले बताउनुभयो । 

भारतबाट आएका कतिपय मानिस गाउँघरमै लुकेर बस्ने गर्दा सङ्क्रमण फैलिने चिन्ता बढेको छ । 

सङ्क्रमण नफैलियोस् भनेर बाहिरबाट आएकाहरुको अनुगमन, क्वेरण्टीनको व्यवस्था र स्वास्थ्य जाँचलगायतका कामलाई तीव्र बनाइएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताउनुभयो । 

कोरोना नियन्त्रणको लागि सुदूरपश्चिम प्रदेश सरकारले उपमहानगरपालिकालाई पाँच लाख, नगरपालिकालाई चार लाख र गाउँपालिकालाई तीन लाख रुपैयाँ विनियोजन गरेकोले स्थानीय सरकारलाई कोरोना नियन्त्रणमा सजिलो भएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो । 

जिल्लाबासीलाई सकेसम्म घरबाट बाहिर नजान र भिडभाड नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । यस्तै स्थानीय सरकारका जनप्रतिनीधि तथा कर्मचारीहरु पनि जनचेतना अभिवृद्धिको काममा लागिपरेका छन् । 

‘लकडाउन’को कारण बजारहरु सुनसान छन् । गाउँमा भने दैनिकी चलिरहेको छ । 

नियमित हात धुन, बाहिरबाट पछिल्लो समय आएकाहरुलाई अरु मानिससँग घुलमिल नहुन तथा ज्वरोलगायत स्वास्थ्यमा कुनै समस्या देखिए तत्काल स्वास्थ्य संस्था तथा स्थानीय सरकारलाई सम्पर्क गर्न आग्रह गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया