चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि छाउनीमा स्थापित सङ्कट व्यवस्थान केन्द्र (सीसीएमसी) सञ्चालनस्थलको अवलोकन गरी कार्य प्रगतिबारे जानकारी लिनुभएको छ ।
रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेललाइ सङ्क्रमित देखिएका बिरामीलाई अस्पतालसम्म लगेर उपचारको व्यवस्थालगायत उक्त रोगको प्रतिकार्यको लागि अत्यावश्यक औषधि उपकरण तथा स्वास्थ्य सामग्रीको आवश्यकताको पहिचान र खरिद प्रक्रियाको सम्बन्धमा प्रस्तुतीकरणमार्फत जानकारी गराइएको थियो ।
सोही प्रस्तुतीकरणको क्रममा लकडाउनको समयमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयको साथै अत्यावश्यक उपभोग्य सामानको आपूर्ति र राहत वितरणलाई प्रभावकारी बनाउने विषयमा समेत जानकारी गरइएको रक्षामन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा उहाँले रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यमा सम्बद्ध सबैले मेहनत र इमान्दारितापूर्वक योगदान पुर्याउन निर्देशन दिनुभएको थियो । कार्यक्रममा प्रधान सेनापति, प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।