पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
चितवन – चितवनमा पनि कोभिड १९ को प्रयोगशाला सञ्चालनमा आएको छ । भरतपुरमा रहेको राष्ट्रिय पंछी रोग अन्वेषण प्रयोगशाला परिसरमा कोभिड १९ को प्रयोगशाला सञ्चालनमा आएको हो । यो प्रयोगशाला भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी सञ्चालन हुनेछ ।
प्रयोगशालामा २० जना विशेषज्ञ, प्राविधिकहरु तयारी अवस्थामा रहेका छन् । एक शिफ्टमा ९० वटा नमुना परीक्षण गर्न सकिने छ । सञ्चालन भएको पहिलो दिन भने एउटा नमुना मात्र परीक्षण गरिने छ । त्यो नमुना प्रदेश परीक्षण कार्यालय हेटौँडामा पनि पठाइएको छ ।
भरतपुरमा स्थापना गरिएको प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछिको देशकै उच्चस्तरको प्रयोगशाला स्थापना भएको प्रयोगशाला स्थापनाका लागि गठित उपसमितिका संयोजक डा. कृष्णसागर शर्माले बताउनुभयो । क्षमता विस्तार गरेर एकै दिनमा ९ सय वटासम्म नमुना परीक्षण गर्न सकिने उहाँको भनाइ छ ।
यो प्रयोगशालमा चितवन र आसपासका बिरामीको नमुना परीक्षण गर्न प्रभावकारी हुने चितवन क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य एवम् प्रतिनिधि सभाका कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले बताउनुभयो ।
जिल्लामै प्रयोगशाला भएपछि छिटो नतिजा आउने र उपचारमा सहज हुने भरतपुर महानगरमालिका प्रमुख रेनु दाहालले बताउनुभयो ।
प्रयोगशालामा चितवनका ठूला अस्पताल र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राविधिकहरुले काम गर्नेछन् ।
चितवनमै कोरोना परीक्षणको सुविधा नहुँदा सरकारी अस्पताल र निजी मेडिकल कलेजहरुले नमुना टेकु पठाउँदै आएकोमा केही दिन अघिदेखि भने हेटौँडा पठाउँदै आएका थिए । छिमेकी जिल्लाहरुबाट समेत बिरामी आउने भएकाले प्रयोगशाला स्थापना गर्नुपर्ने माग बढेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।