भोजपुरमा 'लकडाउन' उल्लङ्घन गर्ने ४३ जना नियन्त्रणमा

 चैत ३०, २०७६ आइतबार २०:३:४२ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – लकडाउनको समयमा बिना काम घरबाहिर निस्किएका ४३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सदरमुकाम तथा आसपासका क्षेत्रबाट नियन्त्रणका लिइएकाहरुमा १०‌ जना महिला ३३ जना पुरुष रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको परिसरमा ल्याएर कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने सावधानीबारे सचेतना कक्षा दिइएको थियो ।

उनीहरुलाई अब फेरि लकडाउन उल्लङ्घन नगर्ने शर्तमा छाडिएको भोजपुरका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० नरबहादुर सलामी मगरले बताउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया