कुवेतमा थप नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमित नेपालीको सङ्ख्या १४ पुग्यो

 वैशाख ३, २०७७ बुधबार १७:१०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १४ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबारसम्ममा सङ्क्रमित नेपालीको संख्या १४ पुगेको जानकारी दिएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिनुभयो ।

सङ्क्रमित सबैको स्वास्थ्य अवस्था स्थिर रहेको र कुवेतले आफ्ना नागरिकसरह नै उपचार गरिरहेको पनि सिलवालले बताउनुभयो । सङ्क्रमित नेपालीको स्वास्थ्य अवस्थाबारे कुवेतको स्वास्थ्य मन्त्रालयसँग दूतावासले नियमित जानकारी लिइरहेको पनि उहाँको भनाई छ ।

कुवेतले यसअघि नै विदेशी नागरिकलाई पनि आफ्नो नागरिकसरह उपचार गर्ने बताएको थियो । कुवेतमा अहिलेसम्म १४ सय ५ जनामा कोरोना सङ्क्रमण भएको छ । २ सय ६ जना उपचारपछि निको भएका छन्, ११ सय ९६ जनाको अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको कोरोनाको कारण ज्यान गएको छ ।

 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया