दुबईको सोनापुर मजदूर क्याम्पमा आज कोरोनाको नि:शुल्क परीक्षण गरिने

 बैशाख २१, २०७७ आइतबार ७:२:३८ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई - यूएईको सोनापुर मजदूर क्याम्पमा आइतबार कोरोना भाइरसको परीक्षण गरिने भएको छ । दुबई पुलिसको सहयोगमा स्थानीय स्वास्थ्यटोलीले त्यस क्षेत्रमा कोरोनाको नि:शुल्क परीक्षण गर्ने भएको हो ।

सोनापुरको मजदूर क्याम्प छेउमा रहेको मदिना हाइपर मार्केटको बस स्टेसन नजिक स्वास्थ्य परीक्षणका लागि शिविर राखिने छ ।

शिविरमा त्यस क्षेत्रमा कार्यरत विभिन्न कर्पोरेटहरुमा कार्यरत कामदार सहभागी हुन पाउनेछन्।

दुबई पुलिसको द्रूत उद्धार टोलीले यूएईमा दर्ता भएका संस्थाको उद्धार तथा राहत टोलीलाई दिएको जानकारी अनुसार आइतबार साँझ ८ बजेपछि (यूएईको समय अनुसार) नि:शुल्क परीक्षण गरिने नेपाली समुदायको उद्धार तथा राहत वितरणमा खटिनुभएका एनआरएन यूएई उपाध्यक्ष पाशाङ शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • मो. जमील मन्सुर

    May 3, 2020, 11:14 a.m.

    एकदम राम्रो काम हो यो। यु ए इ मा एउटा व्यक्ती को ४२५ दिर्हम लिन्छ। यु ए इ को जेबेल अलि स्टेट मा पनि मजदुरहरुको स्वस्थ्य जाँच पनि निशुल्क होस।

  •  0 Reply

तपाईको प्रतिक्रिया