२ सय २४ सांसदसहित ४ सय ४० जनाको रिपोर्ट नेगेटिभ

 बैशाख २६, २०७७ शुक्रबार १४:२८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बिहीबार पीसीआर विधिमार्फत कोरोनाको परीक्षण गराएका सांसदसहित ४४० जनाको रिपोर्ट नेगेटिभ आएको छ  । 

राष्ट्रियसभाका ४५ र प्रतिनिधिसभाका १ सय ७९ गरी २ सय २४ जना सांसद र अन्य कर्मचारीको हिजो नमुना सङ्कलन गरेर पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको थियो । 

सबैको रिपोर्ट नेगेटिभ आएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय सभाको आजको बैठकमा हिजो परीक्षण गराउनुभएका सांसद मात्रै सहभागी हुनुहुनेछ। 

आज पनि सांसदको नमुना सङ्कलन गरिएको छ । उनीहरुको रिपोर्ट बेलुका मात्र आउने छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया