कुवेतमा तीन हप्तासम्म पूर्ण लकडाउन

 बैशाख २७, २०७७ शनिबार ११:३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण बढेपछि कुवेतमा आइतबारदेखि तीन हप्तासम्म पूर्ण रुपमा लकडाउन हुने भएको छ । मे १० आइतबारदेखि मे ३० सम्म पूर्ण रुपमा लकडाउन गर्ने कुवेतको मन्त्रीपरिषदले निर्णय गरेको स्थानीय सञ्चारमाध्यम कुवेत टाइम्सले लेखेको छ । आइतबार दिउँसो चार बजेदेखि यो निर्णय लागू हुनेछ ।

मन्त्रिपरिषदले निजी क्षेत्रको काम र अत्यावश्यकबाहेक सामान ओसारपसारको कामसमेत रोक्ने निर्णय गरेको छ । तर दिउँसोको साढे चार बजेदेखि साढे ६ बजेसम्म मानिसलाई हिँड्न दिने, तर गाडी भने चलाउन नदिने कुवेतले जनाएको छ ।

कोरोना भाइरसको महामारीबाट बच्न यो नै अन्तिम विकल्प भएको कुवेतको भनाइ छ । तर अत्यावश्यक सेवा जस्तै विद्युत, तेल, नगरपालिका लगायतका क्षेत्रमा कार्यरतलाई भने आवश्यकता हेरेर कामका लागि जान छुट दिइने जनाइएको छ ।

कुवेतमा अहिलेसम्म ७ हजार २०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । २ हजार ४६६ जना निको भएर घर फिरेका छन् भने ४ हजार ६९५ जनाको अस्पतालमा उपचार भइरहेको छ । ४७ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यहाँ रहेको नेपाली दूतावासका अनुसार कुवेतमा अहिलेसम्म ८४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ ।

 

अन्तिम अपडेट: चैत २७, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया