'भारतले लिपुलेक हुँदै मानवसरोवर जोड्ने सडक बनाएको बारे सरकारको धारणा के हो ?'

 बैशाख २७, २०७७ शनिबार १४:४८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मुख्य विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतले विवादित क्षेत्र लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म जोड्ने सडक बनाएर उद्घाटन गरेकोबारे नेपाली कांग्रेसले नेपाल सरकारको धारणा माग गरेकाे बताउनुभएकाे छ ।

प्रवक्ता शर्माले ट्विटरमा लिपुलेक नेपालको भूमि रहेको र भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक बनाएकोमा नेपाल सरकारको धारणा जान्न चाहेको बताउनुभएको हो । 

नेपाली भू-भागबारे उच्चस्तरीय कुटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्नु सरकारको दायित्व रहेको उहाँले बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • प्रनिल छेत्री

    May 9, 2020, 5:56 p.m.

    यो के पि शर्मा ओली, प्रचण्ड , शेर बहादुर , बाबुराम, बिद्या देवी जस्ता मान्छेको लापरवाही घुसखोरी , भारतीयवाद सपोर्ट गर्ने कार्यले नेपाल र नेपालीले कस्तो कस्तो दिन देख्न देख्न परेको छ / यहाँ गरीब गरीब नै छ, धनी झन धनी हुँदैछ , खोइ ट जनतालाई राहत ?? गणतन्त्र किन ल्याएको, कसको लागि ल्याएको ...लौ भन्नुस प्रचण्ड बाबुराम ?? नागरिकलाई खै के छ त ? महंगी ? दु:ख ? भोको पेट ? उता भारतले जमीन लागिसक्यो , तपाईहरु मर्नुपर्दैन र एकदिन ? पैसा मात्र कति कमाउने हो र ??हैन पुगें र भनेको पैसाले , जो पानो चोर नै चोर मात्रै छ !!

  •  0 Reply

तपाईको प्रतिक्रिया