आज र भोलि काठमाण्डौका यी ठाउँमा बत्ती जाने

 बैशाख २८, २०७७ आइतबार ७:५९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सडक विस्तारका कारण काठमाण्डौका केही ठाउँमा आज र भोलि बिजुली नआउने भएको छ ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार कार्यका लागि स्युचाटार– स्वयम्भू फिडरबाट वितरित लाइन काटिने प्राधिकरणले जनाएको छ ।

लाइन छुटाएर मर्मतको काम गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिनुभयो ।

बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा कारखाना, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका ठाउँमा विद्युत् नआउने भएको छ । प्राधिकरणले तोकिएको काम सकिएलगत्तै विद्युत् सेवा उपलब्ध हुने पनि जइनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया