विश्वभर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या घट्दो क्रममा

 बैशाख २९, २०७७ सोमबार ७:३५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वभर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्याघट्दो क्रममा रहेको छ ।

गएको २४ घण्टामा ३ हजार ४ सय ६३ जनाको ज्यान गएको र ७८ हजार ८ सय ४७ जना नयाँ बिरामी थपिएका वल्डओमिटरले जनाएको छ । यस्अघि अस्ति ४ हजार २ सय ४८ जनाको ज्यान जानुका साथै ८८ हजार ९ सय ८८ जना नयाँ बिरामी थपिएका थिए ।

गएको २४ घण्टामा सबैभन्दा धेरै उत्तर अमेरिकामा २३ हजार ५ सय ६ जना नयाँ बिरामी थपिएका छन् भने ११ सय ६ जनाको ज्यान गएको छ । यस्तै यूरोपमा २२ हजार ७ सय ४७ जना नयाँ बिरामी थपिँदा ९ सय ७५ जनाको ज्यान गएको छ ।

यसैगरी एसियामा १७ हजार ७ सय २१ जना नयाँ बिरामी थपिँदा ३ सय २१ जनाको मृत्यु भएको छ भने दक्षिण अमेरिकामा १२ हजार १ सय ४ जनामा सङ्क्रमण पुष्टि हुँदा ९ सय ९२ जनाको ज्यान गएको छ ।

अफ्रिकामा पनि २ हजार ७ सय ५५ जनामा कोरोना पुष्टि हुँदा ६९ जनाले ज्यान गुमाएका छन् । यसैबीच भारतको कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या२ हजार नाघेको छ । ६७ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २ हजार २ सय १२ जनाको ज्यान गएको वल्डओमिटरले जनाएको छ ।

वल्डओमिटरका अनुसार भारतमा गएको २४ घण्टामा मात्रै १ सय ११ जनाको ज्यान गएको छ भने ४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै साढे २० हजारभन्दा धेरै निको भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म २१ सय ९ जनाको मात्र ज्यान गएको पुष्टि गरेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया