दक्षिण काेरिया : नाइट क्लबमा सयाैँ व्यक्ति सङ्क्रमित

 बैशाख ३१, २०७७ बुधबार १६:१९:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – दक्षिण काेरियाली प्रधानमन्त्री चुङ्ग सी–क्युले राजधानी साेलकाे नाइट क्लबमा गएका सबैलाई काेराेना परीक्षण गराउन भनेका छन् । साेलकाे नाइट क्लबमा गएकामध्ये कम्तीमा एक सय १९ जनामा सङ्क्रमण देखिएपछि अहिलेसम्म २२ हजार जनाकाे परीक्षण गरिएकाे छ । 

अहिले साेलका कम्तीमा १० वटा बार र क्लब जाँचकर्ताहरुकाे निगरानीमा छ । गएकाे अप्रिलकाे अन्त्यतिर दाेस्राे पटक नाइट क्लब खुलेपछि सङ्क्रमण देखिएकाे हाे ।

स्वास्थ्य अधिकारीहरु अहिले यस इलाकामा रहने व्यक्तिहरुकाे माेबाइलकाे जीपीएस र क्रेडिट कार्डकाे रेकर्डमार्फत हजाराैँ व्यक्तिहरुकाे ट्रेस गरिरहेका छन् । ट्रेस गरिएकामध्ये एक व्यक्तिले आफ्नाे यात्रा विवरण र राेजगारीकाे बारेमा स्वास्थ्य अधिकारीसँग झुट बाेलेका थिए । ती व्यक्तिविरुद्ध आफराधिक मुद्दा चलाउन सकिने बताइएकाे छ । 

२५ वर्षीय ती शिक्षककाे सम्पर्कमा आएका ६ विद्यार्थीसहित अन्य आठ जना सङ्क्रमित भएका छन् । यी व्यक्तिलाई उनकाे माेबाइल फाेनकाे माध्यमबाट ट्रेस गरिएकाे थियाे । उनले आफू शिक्षक भएकाे कुरा लुकाउँदा स्वास्थ्य अधिकारीहरुलाई अन्य सङ्क्रमित व्यक्ति खाेज्न समस्या भएकाे थियाे । उनकाे सम्पर्कमा आएर सङ्क्रमित भएका दुई जना सप्ताहन्तमा चर्च गएका थिए र अहिले शहरका सात सय जना क्वरेण्टीनमा रहेका छन् । 

दक्षिण काेरियाकाे सङक्रामक राेग कानुनका अनुसार यी व्यक्तिलाई दुई वर्षकाे जेल र १२ लाख रुपैयाँ जरिबाना हुन सक्ने बताइएकाे छ । 

एलजीबीटीक्यू (लेस्बियन गे बाइसेक्सुअल ट्रान्सजेन्डर र क्वीयर) समुदायका कैयाैँ व्यक्तिहरु पनि ती क्लबमा गएका थिए तर उनीहरु भेदभाव हुने डरले सार्वजनिक हुन चाहेका छैनन् । प्रधानमन्त्री क्युले भने यदि उनीहरुमा काेभिड–१९ पाेजेटिभ पाइए उनीहरुकाे व्यक्तिगत जानकारी हटाउने बताएका छन् ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया