भारतद्वारा नेपाललाई ३० हजार पीसीआर टेस्ट किट सहयोग

 जेठ ४, २०७७ आइतबार १३:२७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले नेपाल सरकारलाई कोरोना भाइरस परीक्षण गर्ने पीसीआर टेस्ट किट सहयोग स्वरुप उपलब्ध गराएको छ । 

भारत सरकारले कोरोना भाइरस परीक्षण गर्ने ३० हजार पीसीआर टेस्ट किट आइतबार नेपाल सरकारलाई उपलब्ध गराएको हाे । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्थास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त पीसीआर टेस्ट किट उपलब्ध गराउनु भएको हो ।

माई ल्याबले उत्पादन गरेको उक्त परीक्षण किट प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किट रहेको छ ।

पीसीआर किट बुझ्दै मन्त्री ढकालले आफैँ पनि अप्ठेरो परिस्थितिमा रहेको बेलामा समेत सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले कोरोना भाइरसविरुद्धको लडाईमा भारतले सहयोग गरिरहेको सम्झदै अन्य औषधि जन्य वस्तुहरुको सहज आपूर्ति व्यवस्था मिलाउन समेत राजदूत क्वात्रालाई आग्रह गर्नुभयो ।  

भारतले गत वैशाख १० गते कोरोना भाइरस सङ्क्रमितको उपचारमा प्रयोग हुने २३ टन स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको थियो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया