निजी सथा सामुदायिक अस्पतालले आरडीटीमार्फत काेराेना परीक्षण गर्न पाउने

 जेठ ४, २०७७ आइतबार १७:४८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निजी तथा सामुदायिक अस्पतालहरुले र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) विधिमार्फत कोरोना परीक्षण गर्न पाउने भएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे अनुसार अनुमति लिएर निजी तथा सामुदायिक अस्पतालहरुले आरडीटी परीक्षण गर्न पाउने भएका हुन् ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना भाइरसको परीक्षणमा सहजता प्रदान गर्न निजी तथा सामुदायिक अस्पतालहरुलाई आरडीटी परीक्षण गर्न पाउने गरी निर्देशिका जारी गरिएको बताउनुभयाे । परीक्षण गर्न उपत्यकाभित्र रहेका अस्पतालहरुले स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालहरुले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार निजी अस्पतालहरुले जनस्वास्थ्य प्रयोशालाले सार्वजनिक गरेकाे सूचीमा उल्लेख गरेका आरडीटी किटहरुको मात्रै प्रयोग गर्न पाउनेछन् । परीक्षणपछि दैनिक रुपमा अस्पतालहरुले त्यसको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा पेस गर्नुपर्ने छ ।

निजी तथा सामुदायिक अस्पतालहरुले आरडीटी परीक्षणबापत शुल्क लिन पाउनेछन् । किट खरिद गरेको मूल्यमा बढीमा २० प्रतिशत शुल्क लिएर परीक्षण गर्न पाउने मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया