'लकडाउन' जेठ २० सम्म लम्ब्याउने मन्त्रिपरिषद्काे निर्णय

 जेठ ४, २०७७ आइतबार २०:३६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लकडाउन जेठ २० गतेसम्म लम्बिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समन्वय समितिको सिफारिसको आधारमा लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा कोरोनाकाे कारण दुई सङ्क्रमितको ज्यान गएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढिरहेकोले सङ्क्रमण रोक्न लकडाउनलाई निरन्तरता दिनुपर्ने समितिको सुझाव थियो । आइतबार नै बसेको समितिको बैठकले लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको हो ।

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि दोस्रो पटक चैत २५ गतेसम्म, फेरि थपेर वैशाख ३ गतेसम्म, त्यसपछि वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ गतेसम्म र पछिलो पटक जेठ ५ गतेसम्म लकडाउन थपिएको थियो ।

नेपालमा अहिलेसम्म दुई सय ९५ जनामा सङ्क्रमण पुष्टि भएकाेमा ३६ जना उपचारपछि निकाे भएका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया