रमादानको अवसरमा कतारको जेलमा रहेका आठ नेपालीलाई माफी

 जेठ ५, २०७७ सोमबार १९:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाणडाै - मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा कतारको जेलमा रहेका आठ जना नेपालीलाई माफी दिइएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीले बन्दी जीवन बिताइरहेका आठ नेपालीलाई माफी दिनुभएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासकाअनुसार माफी पाउनेमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरमा सजाय भाेगिरहेका  नेपाली छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया