काठमाण्डौको टोखामा मोटरसाइकल दुर्घटना : दुई जनाको ज्यान गयाे

 जेठ ११, २०७७ आइतबार ११:१०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डौ - काठमाण्डौको टोखामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् ।

दुर्घटनामा टोखा नगरपालिका-१ झोरका २४ वर्षका मनोज दुलाल र २० वर्षका पासाङ तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । टोखाको पन्चेटारमा दुई वटा मोटरसाइकल ठोक्किएर अर्को मोटरसाइकललाई ठक्कर दिएका पनि प्रहरीले जनाएको छ ।

बा ९१ प ११८८ र बा ८५ प ५६६ नम्बरको मोटरसाइकल ठोक्किएर उछिट्टिएर प्रदेश ३ ०२ ००१ प २२०० नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको ग्रीनसिटी अस्पताल टोखामा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया