निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको अनुरोध
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ – काेराेना भाइरसबाट सङ्क्रमित भएका थप ४५ जना मङ्गलबार उपचारपछि निकाे भएका छन् ।
काठमाण्डौको महाराजगञ्जबाट मकवानपुरका एक जना, गुल्मी अस्पतालबाट एक जना र रुपन्देहीकाे भीम अस्पतालबाट २५ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । रुपन्देहीका १६ जना र कपिलवस्तुका नाै जना डिस्चार्ज भएका हुन् ।
यस्तै धरानका १८ जना डिस्चार्ज भएका छन्, जसमा सुनसरीका एक र झापाका १७ जना छन् ।
योसँगै अहिलेसम्म दुई सय ६६ जना उपचारपछि निको भएका छन् । दुई सय १२ जना पुरुष र ५४ जना महिला उपचारपछि निको भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।