काेराेना भाइरस : 'जुलाई २९ सम्म ब्राजिलले अमेरिकालाई पछि पार्नेछ'

 जेठ ३०, २०७७ शुक्रबार १५:३०:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – ब्राजिलमा पछिल्लाे समय काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या तीव्ररुपमा बढिरहेकाे छ । यही अवस्था रहे आउँदाे जुलाई २९ सम्म काेराेनाबाट हुने मृत्युमा ब्राजिलले अमेरिकालाई पछाडि पार्ने बताइएकाे छ । 

ह्वाइट हाउसले काेराेनालाई लिएर एक प्रक्षेपण गरेकाे थियाे, त्यसैकाे आधारमा याे आशङ्का व्यक्त गरिएकाे हाे । याे प्रक्षेपण अनुसार ब्राजिलमा काेराेना सङ्क्रमणकाे अवस्था यस्तै रहिरहे जुलाई २९ सम्म एक लाख ३७ हजार जनाकाे मृत्यु हुने आशङ्का गरिएकाे छ । 

यसकाे अर्थ आउँदाे ५० दिनमा ब्राजिलमा काेराेना सङ्क्रमणकाे कारण मृत्यु हुनेकाे सङ्ख्या अहिलेकाे भन्दा साढे तीन गुणाले बढ्नेछ । ब्राजिलमा अहिले सङ्क्रमणकाे अवस्थालाई हेर्ने हाे भने याे असम्भव पनि छैन । 

गएकाे एक महिनामा ब्राजिलमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे सङ्ख्या झण्डै चार गुणा भएकाे छ । मे ९ सम्म ब्राजिलमा काेराेनाबाट १० हजारकाे मृत्यु भएकाे थियाे र जुन ९ सम्म याे सङ्ख्या बढेर ३८ हजार नाघेकाे छ । 

जुलाई २९ सम्म कुनै दिन काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्यामा ब्राजिलले नयाँ रेकर्ड राख्ने अनुमान गरिएकाे छ । अनुमानका अनुसार जुलाई २९ सम्म ब्राजिलमा एकैदिन चार हजारभन्दा धेरैकाे ज्यान जान सक्छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया