नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

 जेठ ३०, २०७७ शुक्रबार १७:५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अर्घाखाँचीका ५७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको पुष्टि गरिएको हो । 

मालारानी क्वरेण्टीनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

गएको जेठ २९ गते भैरहवामा भएको परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको थियो । उहाँ भारतबाट फर्किएर क्वरेण्टीनमा बस्नुभएको थियो । उनको अर्घाखाँचीमै अन्त्येष्टि गरिने भएको छ ।

यसअघि कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक, ललितपुरमा एक, अर्घाखाँचीमा एक, दैलेखमा एक, बाँकेमा एक, गुल्मीमा एक, बारामा एक, बाजुरामा एक, दोलखामा एक, पाल्पामा एक, सुर्खेतमा एक, कैलालीमा एक, डोल्पामा एक र स्याङ्जामा एक जनाको मृत्यु भएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया