भोलिदेखि टेलिभिजन र रेडियोबाट पढाइ हुने (तालिकासहित)

 जेठ ३२, २०७७ आइतबार ११:५२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोनाको जोखिम र लकडाउनका कारण विद्यालय खुल्न नसकेपछि सरकारले भोलि सोमबारदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको छ ।

एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत पढाइ गर्न लागिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। तुल्सीप्रसाद थपलियाले केन्द्रले हालसम्म सिकाइ पोर्टल र स्वअध्ययन सामग्री तयार गरेको र कक्षा १ देखि ८ सम्मका पाठहरुको भिडियो सामग्री तयार गरिएको जानकारी दिनुभयो ।

असार १ गतेदेखि ३१ गतेसम्म नेपाल टेलिभिजनको एनटीभी प्लसबाट विषयगत रुपमा पढाइ सुरु हुने उहाँले बताउनुभयो । यस्तै कक्षा ९ र १० का विषयगत पाठहरु डिस होम, नेट टिभी र म्याक्स टिभीको स्कुल एजुकेशन च्यालनबाट प्रसारण हुनेछ । 

यसअघि नै शिक्षा मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट बिहान ९ः०० देखि साँझ ५ः४० बजेसम्म विभिन्न अनिवार्य विषयमा  कक्षा १ देखि १० सम्मका विषयका शिक्षकले भिडियो माध्यमबाट पढाइ सुरु भैसकेको छ ।

कक्षा ९ र १० का विषयगत पाठहरू डिसमिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेट टिभी, मेगा म्याक्स टिभीबाट कक्षा सञ्चालन हुँदैछ ।

शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट पढाइ हुन थालेको हो । 

यही जेठ २८ गतेदेखि काठमाडौँ महानगरपालिको शिक्षा विभागको सहकार्यमा मेट्रो एफएम ९४ दशमलव ६ मा हरेक दिन बिहान ९ देखि साँझ ५ः३० बजेसम्म कक्षा १ देखि १० सम्मका विषयमा पढाइ गराइएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० को सहकार्यमा जनता टेलिभिजन, टिभी टुडे र योहो टिभीबाट पनि नियमित कक्षा सञ्चालन हुन थालेको छ । विभिन्न जिल्लामा स्थानीय रेडियोले पनि कक्षा सुरु गरेका छन् ।

भोलिदेखि पढाइ हुने तालिका :

 


 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Kristin

    June 15, 2020, 8:23 a.m.

    I am interested to lean and I study on grade 6.

  •  0 Reply
  • निराज रानाभाट

    June 14, 2020, 7:28 p.m.

    यो कुराहरू पढेर र थाहा पाएर धेरै खुसी लाग्यो । देशको सम्पूर्ण सरकारी विद्यालयहरु तथा निजी विद्यालयहरुको सबै विद्यार्थीहरुलाई समेटेर पढाउनुपर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया