सरकारलाई खर्च धान्न मुस्किल छ : अर्थ मन्त्री खतिवडा

 जेठ ३२, २०७७ आइतबार १४:१८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले सरकारलाई खर्च धान्न हम्मेहम्मे परेको बताउनुभएको छ । 

प्रतिनिधि सभामा आर्थिक विधेयककाे विषयमा सांसदहरुले उठाएकाे प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री खतिवडाले चालु खर्च धान्न सरकारलाई समस्या रहेको बताउनुभएको हो ।

उहाँले अहिले उठिरहेको राजस्वले दैनिक खर्च धान्न सक्ने अवस्था नरहेको बताउनुभयो । जेठमा मासिक ४० अर्ब रुपैयाँ खर्च रहेकोमा भन्सारबाट जम्मा १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्ब रुपैयाँ मात्रै सङ्कलन भइरहेकोले अनिवार्य दायित्व पूरा गर्न थप प्रयास गर्ने अवस्था आएको अर्थ मन्त्री खतिवडाको भनाइ छ । 

उहाँले आन्तरिक व्यापार बढिरहेको र भन्सारको आयात–निर्यात पनि पुरानै अवस्थामा फर्कने क्रममा रहेकाेले आर्थिक अवस्था पनि सुधार हुने आशा रहेको बताउनुभयो । 

वैशाख र जेठमा सरकारको आम्दानीमा साह्रै कमी आए पनि असारमा केही सहज हुने उहाँको भनाइ छ । अब लकडाउनलाई मात्रै सरकारले एकमात्र विकल्पकाे रुपमा नलिने र सङ्क्रमणको जोखिमलाई कम गरेर व्यापार व्यवसायलाई सहज बनाउने खतिवडाले बताउनुभयो । 

आउँदो वर्षको लागि राखिएको राजस्वकाे लक्ष्य पनि भेटाउन सकिने खतिवडाको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Umesh

    June 15, 2020, 11:49 a.m.

    भ्रष्टाचार रोक्न सके सहज हुन्थ्यो होला

  •  0 Reply

तपाईको प्रतिक्रिया