काठमाण्डौ प्रवेश गर्न थप कडाइ

 जेठ ३२, २०७७ आइतबार १५:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालयले काठमाण्डौ प्रवेशको लागि थप कडाइ गरेको  छ ।

जिप्रकाले सूचना निकालेर काठमाण्डौ प्रवेशको लागि काठमाण्डौको जुन नगरपालिकामा बसोबास रहेको छ, त्यो नगरपालिकाको सिफारिस लिएर यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

त्यसपछि विभिन्न जिप्रकाबाट अनुमति माग गरेर काठमाण्डौ जिप्रकामा अनुमति लिनुपर्नेछ । जोखिम विश्लेषण गरेर मात्रै जिल्ला प्रशासन कार्यालयले अनुमति दिने जनाएको छ । 

काठमाण्डौभित्रको पास रद्द गरिएको छ । काठमाण्डौ छाड्न चाहनेले पनि व्यक्तिगत अत्यावश्यक कार्यको लागि जिप्रकाबाट पास लिनुपर्ने र संस्थागत काम भएमा संस्थाको पत्र र  काम खुलाउनुपर्नेछ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Pabina magar

    June 14, 2020, 3:30 p.m.

    यो त सरासर गलत निर्णय भयो नि / काठमाडौंमा धेरै अफिसमा काम गर्ने स्टाफ अहिले गाउँ गएका छन / म पनि लकडाउन पछि काठमाडौं जान्छु भनेर बसेको मान्छे, मसंग नीजी गाडी अनि मोटरसाइकल पनि छैन / अब के काठमाडौं जान नै नपाउने हो त ?? बरो सरकारले जोखिम कम भएका जिल्लावाट काठमाडौं जान नपाउने नियम बनाउनुपर्छ /हामी केहि काम नगरी कसरी बाँच्ने ? हामीहरुलाई कसले हेर्छ ?? हाम्रो बारे चाहिं सरकारले सोच्नै पर्दैन ?? सानोतिनो पसल, होटेल , नीजी काम गर्ने माथि चाहिं यो सरासर गलत निर्णय भयो सरकारको /

  •  0 Reply

तपाईको प्रतिक्रिया