आज थपिएका ४२५ सङ्क्रमित कहाँका हुन् ?

 जेठ ३२, २०७७ आइतबार १७:३१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ६०  पुगेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  चार सय २५  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा मोरङका २५ तथा झापा र सुनसरीका एक/एक जनामा गरी २७ जनामा पुष्टि भएको छ ।  

कोशी अस्पतालमा भएको परीक्षणमा १० जना, नारायणी अस्पताल वीरगञ्जमा पर्साका १७, बाराका नौ जना, सर्लाहीका एक जना र रौतहटका सात जना, पोखरामा भएको परीक्षणमा नवलपरासी पूर्वका दुई जनामा कोरोना पुष्टि भएको छ । 

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बझाङका पाँच जना, डडेल्धुराका २५, डोटीका तीन, कैलालीका १२ र कञ्चनपुरका २० जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा भएको परीक्षणमा बर्दियाका तीन जना, बाँकेका तीन जना र रुकुम पश्चिमका एक गरी सात जनामा पुष्टि भएको छ । 

दाङमा भएको परीक्षणमा प्युठानका दुई र दाङका ५४ जनामा पुष्टि भएको छ । जनकपुरमा भएको परीक्षणमा रौतहटका १७ र धनुषाका एक जनामा र धुलिखेलमा भएको परीक्षणमा रामेछापका दुई जनामा पुष्टि भएको छ । रुपन्देहीमा भएको परीक्षणमा गुल्मीका आठ जना, नवलपरासी पश्चिमका दुई जना, रुपन्देहीका २० र पाल्पाका १७ जनामा पुष्टि भएको छ ।

सुर्खेतमा भएको परीक्षणमा सुर्खेतका ४० जना र दैलेखका २९ जनामा, हेटौँडामा भएको परीक्षणमा रौतहट र सिन्धुलीका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल अस्पताल काठमाण्डौमा भएको परीक्षणमा धादिङका २५ जनामा कोरोना भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा रौतहटका ५१ जना, रुपन्देहीका ६ र सर्लाहीका पाँच जनामा कोरोना पुष्टि भएको छ ।  यस्तै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको छ । 

गएराति गुल्मीका कोरोना सङ्क्रमित थप एक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । रेसुङ्गा नगरपालिकाको आइसोलेशनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको  गएराति ज्यान गएको हो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया