नेपाल एअरलाइन्सले भन्यो– 'उद्धार उडानमा खर्च उठ्न पनि मुस्किल छ'

 जेठ ३२, २०७७ आइतबार १७:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल एअरलाइन्सले विदेशमा रहेका नेपालीलाई उद्धार गर्दा बढी भाडा नलिएको जनाएको छ ।

एअरलाइन्सले विज्ञप्तिमार्फत उद्धार उडान गर्दा इन्धन, ओभर फ्लाइङ, ल्याण्डिङ, एअर क्राफ्ट ह्याण्डलिङ, मर्मत सम्भार आदि खर्च मात्रै जोडेर भाडा निर्धारण गरेको जनाएको छ ।

उद्धार उडान गर्दा प्रत्यक्ष सञ्चालन खर्च उठे पनि अन्य खर्च उठ्न नसक्ने अवस्था रहेको एअरलाइन्सको भनाइ छ । उद्धार उडानहरुमा यात्रुहरु एकतर्फी मात्र हुने भएकाले निगमले लागत खर्चलाई मात्र आधार गरी उडान भाडादर निर्धारण गरेको जनाएको छ ।

उद्धार उडानमा अन्य कुनै संस्था वा निकायबाट आर्थिक सहयोग प्राप्त नभए पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै उद्धार उडानको भाडादर अझ घटाउने निर्णय गरेको निगमले जनाएको छ । निगमको भाडा घटाउने निर्णयबाट विशेष गरी खाडी राष्ट्रहरु मलेसिया र साइप्रसमा रहेका नेपालीलाई प्रत्यक्ष राहत पुग्नेछ ।

निगमले शनिबार उद्धार उडानको भाडा घटाएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया