भारतीय दूतावासले दिएकाे एम्बुलेन्स २ वर्षदेखि बेवारिसे, 'मर्मतकाे खर्च जुटाउन दाता खाेज्दैछाैँ'

 असार १७, २०७७ बुधबार १८:३३:४० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको एम्बुलेन्स दुई वर्षदेखि सदरमुकाम सल्लेरीको सडकमा बेवारिसे बनेको छ । 

भारतीय दूतावासद्वारा झण्डै ११ वर्षअघि रेडक्रसलाई सहयोग स्वरुप प्राप्त भएको एम्बुलेन्स झण्डै दुई वर्षदेखि सल्लेरीको सडकमा बेवारिसे बनेको हो ।

जिल्लाकै पहिलो बा ७ च ३८५७ नम्बरको एम्बुलेन्स भारत स्वतन्त्रताको उपलक्ष्यमा विसं २०५५ साल फागुनमा भारतीय दूतावासले सहयोग गरेको थियो ।

झण्डै नाै वर्ष सञ्चालन भएको एम्बुलेन्स मर्मतकाे लागि ठूलो धनराशी खर्च हुने भएकाले दाताको खोजीमा रहेको रेडक्रस जिल्ला शाखा सोलुखुम्बुका सभापति रामकाजी श्रेष्ठको भनाइ छ ।

उहाँका अनुसार यस एम्बुलेन्स मर्मतकाे लागि ६ लाख ४१ हजार बराबरको लागत लाग्ने अनुमान छ । नयाँ खरिद गर्न झण्डै १२ लाख रुपैयाँ पर्ने एम्बुलेन्स मर्मत खर्च ६ लाखभन्दा धेरै लाग्ने भएपछि समस्या भएको उहाँको भनाइ छ ।

लामो समय ग्रामीण भेगमा सञ्चालन भएका कारण इन्जिनलगायतका अन्य पाटपुर्जा बिग्रिएको सभापति श्रेष्ठले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया