शनिबारसम्म २१ देशबाट १८ हजारभन्दा धेरै नेपाली स्वदेश आइपुगे

 असार २१, २०७७ आइतबार ११:५६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका १८ हजार २ सय ९३ जना नेपाली स्वदेश फर्किएका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार अहिलेसम्म विभिन्न २१ देशबाट १९ हजार २ सय ९३ जना नेपालीलाई चार्टर्ड जहाजमार्फत स्वदेश ल्याइएको हो ।

अफगानिस्तान, अस्ट्रेलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया र माल्दिभ्सबाट त्यहाँ समस्यामा रहेका नेपालीलाई नेपाली र केही विदेशी चार्टर्ड जहाजले स्वदेश ल्याएका हुन् । यस्तै श्रीलंका, यूएई, साउदी अरेबिया सिंगापुर, हङ्गकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपालीहरु विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका छन् ।

यसैबीच विदेशमा विभिन्न कारणले ज्यान गुमाएका १२५ नेपालीको शव पनि स्वदेश ल्याइएको छ । अझै १०५ शवको व्यवस्थापनको काम बाँकी रहेको छ । १ सय ३२ जना नेपालीहरुको शव भने परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ ।

 

 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया