स्कुल जान नपाएका बालबालिकालाई घरैमा पौष्टिक आहार दिइँदै

 असार २२, २०७७ सोमबार ७:५४:९ | विमल बिष्ट
unn.prixa.net

डोटी – स्कुल जान नपाएका बालबालिकालाई घरैमा पौष्टिक आहार पुर्‍याउन थालिएको छ ।

कोरोना भाइरसको महामारीले विद्यालय बन्द भएपछि स्कुल जान नपाएका बालबालिकालाई ‘शिक्षाका लागि खाद्य’ कार्यक्रमको पौष्टिक आहारयूक्त दिवा खाजा घरमै पुर्याउन थालिएको हो । एक विद्यार्थी बराबर सात किलो चामल र दुई किलो दाल घरैमा उपलब्ध गराउन थालिएको छ ।

‘शिक्षाका लागि खाद्य’ कार्यक्रम लागू भएका जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीले आ–आफ्नो घरमै पौष्टिक आहार खानपाउने व्यवस्था गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम इकाई कार्यालय डोटीले जनाएको छ ।

कोरोनाका कारण बिद्यालय बन्द भए पनि स्कुले बालबालिकालाई पौष्टिक आहार बितरण गर्न थालेको शिक्षाका लागि खाद्य कार्यक्रम इकाई कार्यालय डोटीका प्रमुख चेतबहादुर बमले बताउनुभयो ।

विश्व खाद्य कार्यक्रमको सहयोगमा डोटी सहित विभिन्न जिल्लामा ‘शिक्षाका लागि खाद्य’ कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया