नेकपा स्थायी कमिटी बैठक आज एक बजे बस्ने

 साउन ६, २०७७ मंगलबार ११:४८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेकपा स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि सारिएको पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । गएको असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवादका कारण पटक–पटक स्थगित हुँदै आएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको हो । विवाद मिलाउन दुई अध्यक्ष र शीर्ष नेताहरुबीच पटक पटक छलफल भए पनि सहमति भैसकेको छैन ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया