भैँसीले हान्दा सिन्धुलीमा एक जनाको ज्यान गयो
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – हिउँददेखि नै औसतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटना बढेको मौसम विज्ञान विभागले जनाएको छ ।
हिउँदमा औसतभन्दा दुई सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत एक सय ३० प्रतिशत बढी वर्षा भएकाले पहिराेका घटना बढेको विभागले जनाएको हो । विभागका महानिर्देशक सरजु वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन सुरु हुनेबित्तिकै ठाउँठाउँमा घटनाहरु घटेको बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा महानिर्देशक वैद्यले साउन ९ गतेसम्म मनसुन सक्रिय रहने र त्यसपछि क्रमिक रुपमा वर्षा कम हुने बताउनुभयो ।
गएकाे तीन दिनयता प्रदेश नम्बर २, ५ र गण्डकी प्रदेशमा एक सय ५० देखि दुई सय मिलिमिटर पानी परेको छ । मनसुन सुरु भएयता प्रदेश नम्बर १, २, र ५ मा औसतभन्दा दुई सय प्रतिशत बढी पानी परेको छ । विभागले कोशी नदीको चतरा, वाग्मती नदीको खोकना, नारायणी नदीको देवघाटमा खतराको तह पार गरेको बताएको छ ।
नारायणी नदीको देवघाट, अरुणको सिम्ले, तमोर नदी र त्रिवेणी नदीमा जल सतह खतराको तहमा पुगेकोले सतर्कता अपनाउन महानिर्देशक वैद्यले बताउनुभयो । मङ्गलबार सुस्ता आसपास र तटीय क्षेत्रमा डुबानको जोखिम रहेको उहाँले बताउनुभयो ।
आगामी तीन दिनसम्म प्रदेश नम्बर १, २, ५, वाग्मती र गण्डकी प्रदेशका नदीहरुमा बाढीको जोखिम रहेको विभागले जनाएको छ । विभागले बाढीको पूर्वसूचना समेत प्रदान गरिरहेको छ । मनसुन सुरु भएयता मात्रै ५० लाख १७ हजार दुई सय ३३ वटा मोबाइल एसएमएसमार्फत पूर्वसूचना दिइएको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।