बाग्लुङको सिगानामा चौबिस वर्षपछि सडक स्तरोन्नति
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाढी, पहिरो तथा डुबानमा परेकाहरुको उद्धार र राहतमा जुट्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपत्तिमा परेकाहरुको उद्धार तथा राहत कार्यमा जुट्न सम्पूर्ण जनप्रतिनिधि, नेता तथा कार्यकर्तालाई आह्वान गरेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । बैठकले सरकारलाई पनि राहत, उद्धार तथा उपचारको उचित व्यवस्था मिलाउन आग्रह गरेको छ ।
बाढी पहिरो पीडितको उद्धार तथा राहतमा खट्ने निर्णय गरेर पार्टीको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मको लागि स्थगित गरेको पनि थापाले जानकारी दिनुभयो । मङ्गलबारकाे बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित हुनु भएन ।
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले स्थायी कमिटीमै राखेपछि नेकपाभित्र विवाद रहेको छ । सहमति खोज्न स्थायी समिति बैठक पटक–पटक स्थगित गर्दै अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भए पनि सहमति भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।