'महासङ्घमा व्यावसायिक र सक्षम नेतृत्व आउनुपर्छ'

 साउन ६, २०७७ मंगलबार २०:२३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घमा व्यावसायिक र सक्षम नेतृत्व आउनुपर्नेमा वरिष्ठ उपाध्यक्ष पदका दुई उम्मेदवारले जोड दिएका छन् । 

आउँदाे साउन २६ र २७ गते महासङ्घको महाधिवेशन हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महासङ्घको अध्यक्षमा अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । 

वरिष्ठ उपाध्यक्ष पदका लागि अहिलेका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । वरिष्ठ उपाध्यक्षका लागि प्रत्यासी दुवै उपाध्यक्षले उद्योगी व्यवसायीका समस्या समाधान गर्न पहल गर्न सक्ने सक्षम व्यावसायीक नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् ।

महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायिक व्यक्तित्व नै आउनुपर्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सकार र नियामक निकायसँग कुरा उठाउन सक्ने क्षमता भएको नेतृत्व आउनुपर्नेमा जोड दिनुभयो । 

उपाध्यक्ष ढकालले आउने नेतृत्वले देशमा व्यावसायिक क्रियाकलाप बढाउन, रोजगारी सिर्जना गर्न, विदेशबाट एफडीआई भित्र्याउन र समग्रमा अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार, अहिलेका उपाध्यक्ष किशोर प्रधानले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्व सक्षम बन्ने बताउनुभयो । 

कोभिड-१९ ले उद्योग व्यवसायमा पारेको असरलाई कम गर्न गोल्छाले खेल्नुभएको भूमिकाले सक्षम नेतृत्व पाउने प्रमाणित भइसकेको उहाँले बताउनुभयो । उहाँले अब निर्वाचन हुने नेतृत्वले अहिलेको अवस्थामा मौद्रिक नीतिले दिएको सुविधालाई कार्यान्वयन गरी अगाडि बढ्न सक्ने क्षमता राख्नुपर्ने बताउनुभयो । 

उपाध्यक्ष प्रधानले देशका सबै साना, मझौला र ठूला उद्योगी व्यवसायीको व्यापार प्रवर्द्धनदेखि उत्पादन र निर्यात सहज बनाउन काम गर्ने नेतृत्व आउनुपर्ने बताउनुभयो ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया