काठमाण्डाै उपत्यकासहित धेरै ठाउँमा घाम लाग्यो, पूर्णरुपमा मौसम खुल्न भने समय लाग्ने

 साउन ६, २०७७ मंगलबार १६:२३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै उपत्यकालगायत देशका धेरै ठाउँमा लगातार परेको झरी रोकिएको छ । उपत्यकासँगै अन्य धेरै ठाउँमा अहिले घाम लागेको छ । 

वाग्मती प्रदेशका एक/दुई ठाउँमा पानी परिरहे पनि धेरै ठाउँमा रोकिएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पानी पर्न रोकिए पनि बेलुका फेरि पर्ने सम्भावना छ । मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले बिहान बेलुका ठूलो, मध्यम र सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् पोखरेलले बताउनुभयो । 

गएको आइतबारदेखि परेको लगातारको झरीका कारण धेरै ठाउँमा बाढी, पहिरो र डुबान भएको छ । झरी रोकिएपछि भने केही राहत भएको छ । पानी पर्न रोकिएसँगै सडक मर्मतमा सजिलो भएको छ भने ओहोरदोहोर गर्ने यात्रुलाई पनि राहत मिलेको छ । 

यसपालीको मनसुनमा औसतभन्दा धेरै वर्षा हुने सम्भवना रहेकाले अझै सचेत रहनुपर्ने मौसमविद्को भनाइ छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया