बाग्लुङको सिगानामा चौबिस वर्षपछि सडक स्तरोन्नति
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले होम क्वरेण्टीनसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ । मापदण्डमा सम्बन्धित व्यक्तिको घरमा हुनुपर्ने न्यूनतम भौतिक पूर्वाधार, सम्बन्धित व्यक्ति तथा परिवारका सदस्यहरुले पालना गर्नुपर्ने व्यवहार तथा कामका बारेमा उल्लेख गरिएको छ ।
यस मापदण्ड स्वीकृतिसँगै सम्बन्धित व्यक्तिलाई क्वरेण्टीनमा बस्दा सहज हुने अपेक्षा गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
कोरोना प्रभावित देशहरुबाट स्वदेश फर्कनेहरुले आफ्नो घरमा तोकिएका मापदण्ड पूरा गरी घरमै क्वरेण्टीनमा बस्न चाहेमा पालिकाको सहमति र प्रत्यक्ष निगरानी रहने गरी १४ दिन बस्ने गरी पठाउन सकिने मापदण्ड तयार गरिएको उहाँले बताउनुभयो ।
आफ्नो ठाँउबाट जिम्मेवार ढङ्गले सबैबाट यो मापदण्ड पालना भएन भने जोखिममा भएका आफ्नै घरका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका परिवारका सदस्यहरु र छरछिमेकलाई समेत जोखिममा पार्ने सम्भावना रहने प्रवक्ता गौतमको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।