शङ्खरापुर बस दुर्घटना : २७ जना 'डिस्चार्ज', चालक पक्राउ
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – बुधबार देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काई, कमला, वाग्मती, नारायणीलगायतका नदीहरुको बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका महानिर्देशक सरजु वैद्यले कोशी र त्यसका सहायक नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहे पनि कन्काई, कमला, वाग्मती, नारायणी, पश्चिम राप्ती, बबई र केही सहायक नदीहरुमा पानीको बहाव घट्दो क्रममा रहेको बताउनुभयो ।
महाकाली, कर्णाली र त्यसका सहायक नदीमा बहाव घट्दो क्रममा रहेको छ । कन्काई, कमला, वाग्मती नदीमा बहाव घटबढ हुने क्रममा रहको उहाँले बताउनुभयो । गएको २४ घण्टामा कन्काई नदीमा ९८ दशमलव ४ मिलिलिटर पानी परेको छ ।
यस्तै भैरहवामा ६४ दशमलव ५, गल्कोटमा ७४ दशमलव २ मिलिलिटर पानी परेको उहाँले बताउनुभयो । अहिले देशभरिको मौसम बदली रहेको छ । प्रदेश नम्बर ५ र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ । आउँदो २४ घण्टामा प्रदेश नम्बर १, २, ५, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।
बुधबार अधिकांश ठाउँमा वर्षा नभए पनि वर्षा नै नहुने भन्ने नभएको उहाँले बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले पूर्वी राप्ती, भेरी, कन्काई, कमला, इनाउ, पश्चिम राप्ती बबई महाकालीलगायतका २१ वटा नदी आफ्नो कार्यक्षेत्रभित्र रहेको बताउनुभयो ।
महाकाली, कर्णाली, बबई, नारायणी, रुपाताल संरक्षण, बक्राह, कोशी, वाग्मती र कमलालगायत १० वटा नदी नियन्त्रणको जिम्मेवारी पनि आफ्नो मातहत आउने बताउनुभयो । गएको आर्थिक वर्षमा ४७ किलोमिटर तटबन्ध निर्माण भएको उहाँले बताउनुभयो । गएको वर्ष १एकसय ९० हेक्टर जग्गा डुबान हुनबाट जोगाइएको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।