बाग्लुङको सिगानामा चौबिस वर्षपछि सडक स्तरोन्नति
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा एक सय ४७ जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १८ हजार दुई सय ४१ पुगेको छ । बिहीबार काठमाण्डाैमा पाँच, भक्तपुर र ललितपुरका दुई/दुई जनामा पनि काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।
अहिलेसम्म तीन लाख ३१ हजार ९५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको छ भने बिहीबारसम्म पाँच हजार तीन सय ५८ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।
अहिलेसम्म १२ हजार आठ सय ४० जना काेराेनामुक्त भएर घर फर्किएका छन् । पछिल्लाे २४ घण्टामा एक सय ५६ जना निकाे भएका हुन् ।
बिहीबार काेराेना सङ्क्रमणकाे कारण एक जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ । नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ४३ पुगेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।