बाग्लुङको सिगानामा चौबिस वर्षपछि सडक स्तरोन्नति
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – सर्वोच्च अदालतमा रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतकै निर्णयविरुद्ध पुनरवलोकनको माग गर्दै निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरवलोकनकाे लागि निवेदन दिने निर्णय गरेअनुसार सरकारी वकिलले पुनरवलोकन निवेदन दर्ता गराएको हो ।
पत्नी हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालालाई सजायमा छुट दिने सर्वोच्च अदालतको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरवलोकनको निवेदन दिएको हो ।
पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय काटिरहेका कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गएको असार १५ गते आठ वर्ष ६ महिना मात्रै थुना बसे पुग्ने भन्दै थुनामुक्तको आदेश दिएपछि कोइराला बिहीबार बिहान थुनामुक्त भएका थिए । उनलाई जिल्ला र पुनरावेदन अदालतले जन्मकैद अर्थात् २० वर्षको कैद सजायको फैसला गरेको थियो ।
तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको थियो । फैसलामा कोइरालाले श्रीमतीलाई तत्काल आवेगमा आइ हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षा/दीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको भनिएको छ ।
२०६८ पुस २७ गते रञ्जनले पत्नी गीताको हत्या गरी मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर जलाएकाे प्रहरीले जनाएको छ । २०६८ साल माघ ८ गते नारायणगढबाट काठमाण्डौ आउँदै गर्दा कोइरालालाई थानकोटबाट पक्राउ गरी मुद्दा चलाइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।