काठमाण्डौमा युवतीमाथि एसिड प्रहार

 साउन ९, २०७७ शुक्रबार ६:२५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा हिजो बेलुकी एक युवतीमाथि एसिड प्रहार भएको छ ।

ओखलढुंगा घर भएकी युवतीमाथि सोल्टी दोबाटोमा एसिड प्रहार भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । बजारबाट दही किनेर फर्किँदै गर्दा बेलुकी पौने सात बजेतिर एक व्यक्तिले उनीमाथि एसिड छ्यापेका हुन् । एसिडले पोलेपछि उनी चिच्याउँदै दौडेर कोठा पुगेकी थिइन् ।

उनको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ । ती युवतीले एसिड प्रहार गर्ने व्यक्तिले मास्क लगाएको र आफूले नचिनेको जानकारी प्रहरीलाई दिएकी छिन् । आक्रमणकारी युवक सिसी क्यामेरामा देखिएको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया