सिंहदरबार मूल गेटको झार उखेलेर चिटिक्क !

 साउन ९, २०७७ शुक्रबार १४:३१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डाै महानगरपालिकाले सिंहदरबार मूलगेटको सफाइ गरेर चिटिक्क बनाएको छ । देशकै मुख्य प्रशासनिक निकायको मूलगेट फोहोर हुँदा नराम्रो सन्देश गएको भन्दै महानगरपालिकाले शुक्रबार झार उखेलेर, पानीले धोएर गेट सफा बनाएको हो । 

काठमाण्डाै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र सहसचिव राजेश्वर ज्ञवालीको पहलमा गेटको सफाइ भएको हो । 

निर्देशनलगत्तै वातावरण व्यवस्थापन विभागका झण्डै ४० जनाले सिंहदरबारको मूलगेट अगाडिको भुइँको लेउ खुर्किने, झार उखेल्ने, सतह ढल र मङ्गाल सफाइ गर्ने काम गरेका हुन् । सरसफाइपछि सङ्कलित फोहर ट्रान्सफर स्टेशन पठाइयो । जेटको प्रयोग गरेर पखाल्ने काम भयो, त्यसपछि सिंहदरबारको मूलढोका एकैछिनमा सुन्दर देखियो ।  

सामान्यभन्दा सामान्य कुरामा पनि कहिलेकाँही ध्यान नजाँदा सहरको सौदर्य बिग्रिने गरेको ज्ञवालीको भनाइ छ । ‘देशकै मुख्य प्रशासनिक केन्द्र प्रवेश गर्ने मूल ढोकामा पलाएको झार र भुइँमा देखिएको लेउ सफा गर्दा त्यहाँको स्वरुप नै फेरियो’, उहाँले भन्नुभयो, ‘काठमाण्डाै महानगरपालिकाले केही समयअघि सिंहदरबार नजिकै माइतीघर मण्डलामा ‘रात्रिकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमुना परीक्षणका लागि ‘एलईडी कलर पाइप लाइट’ जडान गरेको थियो । त्यसपछि त्यहाँको सध्याकालीन दृश्य अहिले मनोमोहक देखिएको छ ।’ 

ज्ञवालीले सहरको सौन्दर्य बढाउने हो भने यस्ता सामान्य कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो । ‘यो उदाहरण मात्रै हो’, उहाँले भन्नुभयो, ‘काठमाण्डाैलाई विश्वस्तरीय ठूला सहरजस्तै आकर्षक देखाउनका लागि आगामी दिनमा बढी चहलपहल हुने, सार्वजनिक स्थल, धार्मिक तथा पर्यटकीय स्थल र सम्पदा सूचीमा सूचीकृत स्थानहरुमा पनि सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्छ । हामी निरन्तरता दिन तयार छौँ ।’ 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया