२४ घण्टामा १३३ जनामा काेराेनाकाे सङ्क्रमण

 साउन ९, २०७७ शुक्रबार १६:३०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा एक सय ३३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक सय ३३ जना थपिएसँगै कोरोना पुष्टि हुनेको कुल सङ्ख्या १८ हजार तीन सय ७४ पुगेको छ । सङ्क्रमितमध्ये १२ हजार नाै सय ४७ जना निको भएर डिस्चार्ज भएकाेले क्वरेण्टीनमा पाँच हजार तीन सय ८३ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक सय सात जना डिस्चार्ज भएका छन् । प्रदेश एकमा एक सय ४६, प्रदेश दुईमा एक हजार नाै सय एक, वाग्मतीमा चार सय ३९, गण्डकीमा तीन सय ३१, प्रदेश पाँचमा तीन सय ५४, कर्णाली प्रदेशमा तीन सय १५ र सुदूरपश्चिम प्रदेशमा एक हजार आठ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया