बाग्लुङको सिगानामा चौबिस वर्षपछि सडक स्तरोन्नति
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – नेपाली कांग्रेसले सरकारले परीक्षणको दायरा घटाएर कोरोना सङ्क्रमणको दर कम भएकाे भन्ने भ्रामक प्रचार गरेको आरोप लगाएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवं कांग्रेसले बनाएको कोरोना अनुगमन समितिका संयोजक डाक्टर प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको परीक्षणको दायरा घटाएर सङ्क्रमण घटेको भन्दै भ्रामक प्रचार गरेको बताउनुभयो ।
संयोजक महतले सरकारले लकडाउन खोलेपछि स्वास्थ्य सुरक्षाको प्रोटोकल र त्यसको कार्यान्वयन गर्ने तयारीको बारेमा कुनै काम गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।
राजस्व उठाउन र लकडाउनबाट उत्पन्न समस्या समाधानको दायित्वबाट पन्छिन सरकारले हठातमा लकडाउन खोलेको स्पष्ट भएको महतले बताउनुभयो । उहाँले आर्थिक सामाजिक जीवन सहज बनाउन सबैले चाहेको तर त्यसका लागि सरकारले पूर्व तयारी गर्नुपर्नेमा हतारमा निर्णय गरेकाले जोखिम बढेको बताउनुभयो ।
पछिल्लो समय वीरगञ्ज, राजविराजलगायतका ठाउँमा देखिएको सङ्क्रमणको प्रकृतिले सङ्क्रमण समुदायमा फैलिएको स्पष्ट हुने महतले बताउनुभयो । समुदायमा फैलन सक्ने सङ्क्रमण नियन्त्रणका लागि परीक्षण गर्ने, ट्रेसिङ गर्ने, उपचार र स्वास्थ्य उपकरणको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको सेवा र सुविधामा बढाउने काममा सरकार कमजोर रहेको भन्दै त्यसतर्फ ध्यान दिन माग गर्नुभयो ।
सरकारले होल्डिङ सेन्टर र क्वरेण्टीनकाे मापदण्डअनुसार सञ्चालन गर्न गम्भीर नभएको बताउनुभयो । लकडाउनबाट प्रभावित उद्योग, व्यवसाय क्षेत्रको समस्या समाधानमा नीतिगत घोषणा गरेको भए पनि कार्यान्वयनमा चासो नदेखाएको उहाँले बताउनुभयो ।
लकडाउन खोल्ने निर्णय गरेपछि नागरिकलाई सङ्क्रमणको खतरातर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउनेतर्फ सरकार गम्भीर नभएको नेता महतले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।