सिनेमा घर खाेल्ने विषयमा छलफल गर्न सरकार तयार छ : मन्त्री खतिवडा

 साउन ९, २०७७ शुक्रबार २१:१४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर खाेल्ने विषयमा छलफल गर्न सरकार तयार रहेको बताउनुभएको छ । 

चलचित्र विकास बाेर्डले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सिनेमा घरहरुले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दुरी कायम गरी चलाउन सक्ने भए छलफल गरेर अगाडि बढ्न सकिने बताउनुभएको हो ।

उहाँले सिनेमा घर सञ्चालन गर्ने सम्बन्धमा चलचित्र विकास बोर्डले मापदण्ड तयार गरिसकेको र त्यसमा छलफल गरेर छिट्टै टुङ्गोमा पुग्ने बताउनुभयो । चलचित्र क्षेत्रलाई खुलाएर थप गतिविधि अगाडि बढाउन सके चलचित्रकर्मी र लगानीकर्ता सबैलाई उत्साहको वातावरण बन्न सक्ने उहाँको भनाइ छ ।

लकडाउनका कारण चलचित्र क्षेत्र अति प्रभावित भएकाले यसबाट परेको असर कम गर्न मौद्रिक नीतिले सम्बोधन गरेको मन्त्री खतिवडाले बताउनुभयो । उहाँले चलचित्रमा भएको लगानीलाई ह्रास हुन नदिन र पुँजी क्षय हुन नदिन नीतिगत रुपमा मिलाउने कामहरु भइसकेको जानकारीसमेत दिनुभयो । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया