नारायणगढ-मुग्लिङ सडकखण्डमा ठूला गाडी गुड्न थाले

 साउन १०, २०७७ शनिबार ८:३९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएर बाटो बनाइएकाले यो सडकखण्डमा गाडी चल्न थालेका प्रहरीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा पहिरो खसेपछि हिजो बिहानदेखि अवरुद्ध सडक रातिदेखि दुईतर्फी नै खुलेको हो । यस्तै पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिङ सडकखण्डमा एकतर्फी रुपमा गाडी चल्न थालेका छन् । पहिरोका कारण बन्द यो सडकखण्ड गए रातिदेखि एकतर्फी रुपमा खुलेको हो ।

हिजो दिउँसोदेखि साना गाडी चल्न थालेको यो सडकखण्डमा रातिदेखि भने ठूला र सामान बोकेका गाडी पनि एकतर्फी रुपमा आलोपालो गरी चल्न थालेका इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

मौवाखोलामा रहेको पुलको केही भाग मर्मतपछि रातिदेखि सामान बोकेका र ठूला गाडी पनि चल्न थालेका हुन् । अहिले पनि मर्मतको काम भने चलिरहेको छ । मर्मतको काम भइरहेकाले पुल आसपासको क्षेत्रमा चिप्लो तथा जोखिम नै भएको भन्दै गाडी चलाउँदा सावधानी अपनाउन इञ्जिनियर अधिकारीले आग्रह गर्नुभयो । धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गएको ५ गतेदेखि बन्द भएको थियो । 

यसैगरी पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड अझै खुल्न सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड अवरुद्ध भएको हो । आर्याभन्ज्याङ-रामपुर सडकखण्ड पनि अवरुद्ध भएको छ । 

बासुका पाल्पा भन्ने ठाउँमा पहिरो खसेकाले यो सडकखण्डमा गाडी नचलेका हुन् । साँफेबगर-मार्तडी सडकखण्ड पनि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ । यस्तै यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ । 

यस्तै पहिरोका कारण बन्द कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन । यस्तै बेशी शहर चामे-सडकखण्ड पनि अवरुद्ध छ । घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । ठाउँठाउँमा पहिरो गएकाले महाकाली राजमार्ग अन्तर्गत सतबाँझ दार्चुला सडकखण्ड पनि अवरुद्ध छ । 

सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ । पहिरोका कारण डुम्रे-बन्दीपुर-सडकखण्ड पनि अवरुद्ध छ । गल्छी-त्रिशुली-मैलुङ-स्याुफ्रुबेशी-रसुवागढी सडकखण्ड पनि साउन १ गतेदेखि अवरुद्ध नै छ । सडक सञ्चालनमा आउन समय लाग्ने सडक विभागले जनाएको छ ।  

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया