यो वर्ष गोसाइँकुण्ड मेला नहुने

 साउन १०, २०७७ शनिबार १२:४५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - कोरोना भाइरसको जोखिम कायमै रहेपछि याे वर्ष गोसाइँकुण्ड मेला नहुने भएको छ ।

हरेक वर्ष जनैपूर्णिमाको अवसरमा हुँदै आएको मेला यो वर्ष नहुने भएको हो । 

मेला व्यवस्थापन गर्दै आएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले कोरोना भाइरसको जोखिम रहेको, सरकारले मेला नगर्न आग्रह गरेको, सार्वजनिक यातायात सञ्चालन नभएको, पदमार्गमा रहेका होटल पूर्णरूपमा सञ्चालनमा नआएका जस्ता कारणले मेला नगर्ने निर्णय गरेको हो । 

गोसाइँकुण्डमा वर्षको दुई पटक मेला लाग्दै आएकोमा यो वर्ष गङ्गादशहरामा मेला नभएको र कोरोनाको जोखिमको कारण जनैपूर्णिमामा लाग्ने मेला पनि स्थगित गरिएको समितिका अध्यक्ष सन्जिव डिएमले बताउनुभयो । 

केही वर्षअघिसम्म मेलाको अवसरमा मात्र तीर्थयात्री आउने गरेकोमा पछिल्लो समय हिउँ पर्ने समयमा बाहेक अन्य समयमा तीर्थयात्री गोसाइँकुण्ड जाने गरेका छन् । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गङ्गादशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । 
 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया